अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३८ | Colorodo: 05:53

लाेकतन्त्र बचाउनका लागि अन्तिमसम्म लडिरहन्छु : दक्षिण कोरियाका राष्ट्रपति

बिआरटीनेपाल २०८१ मंसिर २७ गते ६:२३ मा प्रकाशित

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले लोकतन्त्र बचाउका लागि आफू अन्तिमसम्म लडिरहने बताउनुभएको छ । उहाँले टेलिभिजन सम्बोधनका क्रममा गएको हप्ता देशमा सैनिक शासन लागू गर्ने ‘मार्सल ल’ घोषणा गर्ने आफ्नो निर्णयको बचाउ गर्ने अभिव्यक्ति दिनुभएको बीबीसीले उल्लेख गरेको छ ।राष्ट्रपति युनले आफ्नो प्रयास लोकतन्त्रको पतनलाई रोक्ने र प्रतिपक्षको संसदीय तानाशाहीको विरोध गर्ने कानूनी निर्णय भएको जिकिर गर्नुभएको छ ।

दक्षिण कोरियामा राष्ट्रपति युनको राजीनामा वा महाभियोगको माग लगातार बढ्दै गएको छ । तर, युनले आफूले पद त्याग नगर्ने सङ्केत गरिरहनु भएको खबरमा उल्लेख छ । राष्ट्रपति युनले देशमा  ‘मार्सल ल’ लागू गर्ने निर्णय गरेर केही घण्टा मै आफ्नो निर्णय फिर्ता लिनुभएको थियो । तर दक्षिण कोरियामा उहाँको ठूलो विरोध भइरहेको छ ।  उहाँमाथि  अनुसन्धान पनि भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू