अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३८ | Colorodo: 00:53

पछिल्लो ३० वर्षमा पृथ्वीको तीन चौथाइ जमिन स्थायी रूपमा सुक्खा : संयुक्त राष्ट्रसङ्घ

बिआरटीनेपाल २०८१ मंसिर २७ गते ६:०१ मा प्रकाशित

पछिल्लो ३० वर्षमा पृथ्वीको तीन चौथाइ जमिन स्थायी रूपमा सुक्खा भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घका वैज्ञानिकहरूले संसारका केही भागहरूमा बाढी र आँधीबेहरीजस्ता नाटकीय पानीसम्बन्धी प्रकोपहरू तीव्र भए पनि पछिल्ला दशकहरूमा पृथ्वीको ७७ प्रतिशतभन्दा धेरै अर्थात् तीन चौथाइ जमिन स्थायी रूपमा सुक्खा भएको बताएका हुन् ।सन् २०२० सम्मको तीन दशकमा पृथ्वीको झन्डै ७७ दशमलव ६५ प्रतिशत जमिनमा अघिल्लो ३० वर्षको अवधिको तुलनामा सुक्खा अवस्था निम्तिएको मरुभूमिकरणविरुद्ध लड्न संयुक्त राष्ट्र महासन्धि (यूएनसीसीडी) को प्रतिवेदनमा उल्लेख छ ।

साउदी अरेबियाको रियादमा भएको १६औं यूएनसीसीडी सम्मेलनमा सार्वजनिक प्रतिवेदनले हरितगृह ग्यास उत्सर्जनलाई रोक्न नसके विश्वको तीन प्रतिशत सिमसार भूमि सुक्खा भूमिमा परिणत हुने चेतावनी दिएको छ ।प्रतिवेदनका अनुसार पछिल्लो ३० वर्षमा विश्वव्यापी सुक्खा भूमिको क्षेत्रफल झन्डै ४३ लाख वर्ग किलोमिटरले विस्तार भएको छ, यो भारतको क्षेत्रफलभन्दा झन्डै एक तिहाइ बढी हो ।

सुक्खा जमिनमा बस्ने मानिसको सङ्ख्या विगत तीन दशकमा दोब्बरले बढेर दुई अर्ब तीन करोड जना पुगेको छ । यही क्रम जारी रह्यो भने सन् २१०० सम्ममा सुक्खा जमिनमा बस्ने मानिसको सङ्ख्या पाँच अर्ब नाघ्ने प्रतिवेदनमा उल्लेख छ । यसले मरुभूमिकरण र जलवायुसम्बन्धी सुक्खापन बढाउने र अर्बाैं मानिसको जीवन र जीविकोपार्जनलाई खतरामा पार्ने संयुक्त राष्ट्रसङ्घले जनाएको छ । जमिनमा खडेरीको समस्या हुने ठाउँमा युरोपको ९६ प्रतिशत, पश्चिम अमेरिकाका केही भू–भाग, ब्राजिल, एशिया र मध्य अफ्रिकाको केही भू–भाग रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै प्रतिवेदनले दक्षिण सुडान र तान्जानियामा जमिनको ठूलो भाग सुक्खा हुने पनि बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू