अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१३
| Colorodo: 10:28
श्रीलङ्काका नयाँ राष्ट्रपतिको पहिलो विदेश भ्रमण भारत हुने भएको छ । राष्ट्रपति अनुरा कुमारा दिसानायके भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्न आउँदो आइतवार भारत आउने तय भएको छ ।
श्रीलङ्काका सूचना मन्त्री नलिंदा जयतिसाले राष्ट्रपति दिसानायकेले तीन दिन भारतमा प्रधानमन्त्री मोदी र अन्य विशिष्ट अधिकारीसँग भेटवार्ता गर्ने जानकारी दिनुभयो । वामपन्थी नेता दिसानायके गएको सेप्टेम्बरमा सत्तामा आउनुभएको हो ।
नयाँदिल्ली श्रीलङ्कामा चीनको बढ्दो प्रभावबाट गम्भीर बनेको छ । दिसानायके अर्को महिना चिनियाँ नेताहरूसँग वार्ता गर्न बेइजिङ जाने अपेक्षा गरिएको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।