नेदरल्याण्डको प्रहरीले पाँच जनाको ज्यान जानेगरी पाँच वटा घर विष्फोट भएको घटनामा आतङ्कवादी हमला भएको दाबी गरेको छ । अस्ति शनिवार नेदरल्याण्डमा अपार्टमेन्टका पाँचवटा घरमा एकाएक विष्फोट भएको थियो । विष्फोटमा पाँच जनाको ज्यान गएको छ भने अझै केही हराइहेका छन् । चार जना घाइतको उपचार भइरहेको छ । केही मृतकको शरिर आगोले जलेकाले पहिचान गर्न गाह्रो भएको पनि खबरमा उल्लेख छ । विस्फोटको कारण के हो भन्ने कुरा अझै थाहा नभएपछि यसमा आतङ्कवादी हमलाका स्पष्ट सङ्केत देखिएका मुख्य सरकारी अभियोजक अधिकारी माग्रीट फ्रोबर्गले बताउनुभएको छ ।
थप अनुसन्धान गरेर यो विषयमा स्पष्ट धारणा बाहिर ल्याउने पनि उहाँले बताउनुभएको छ । हेग प्रहरी प्रमुख क्यारिन क्रुकर्टले शनिवार बिहान विस्फोट भएको केही समयपछि घटनास्थलबाट तीव्र गतिमा हिँडिरहेको कारमाथि अनुसन्धान केन्द्रित भएको बताउनुभएको छ । एउटा पीडितहरूको पहिचान गर्न र अर्को विस्फोटको कारण अनुसन्धान गर्न दुई अलग–अलग टोली स्थापना गरिएको छ ।