अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५९ | Colorodo: 07:14

रवि लामिछानेमाथि दुर्व्यवहार भएको भन्ने घटनाप्रति मानव अधिकार आयोगले थाल्यो अनुसन्धान

बिआरटीनेपाल २०८१ मंसिर २४ गते ५:४७ मा प्रकाशित

सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका रवि लामिछानेलाई कारागारमा दुर्व्यवहार भएको भन्ने घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेमाथि चितवनबाट काँस्की राति लगिएको र दुव्र्यवहार गरिउको भन्दै सन्दर्भमा अनुसन्धान सुरु गरेको आयोगले जनाएको हो ।

सो सम्बन्धमा सोमबार आयोगले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसँग सोधपुछ गरेको छ । सो बारेमा जानकारी दिँदै आयोगका सहसचिव डा. टिकाराम पोखरेलले आयोगले आयोगमा उजुरी पर्नुपूर्व नै काँस्की प्रहरी र लामिछानेसँग सोधपुछ गरिसकेको बताउनुभयो । अनुसन्धानलाई निरन्तर अघि बढाइरहेको र आवश्यक भए प्रमाण संकलन गरेर अनुसन्धान गर्ने बताउनुभयो ।

लामिछानेमाथि अमानवीय व्यवहार गरेको आलोचना भइरहँदा त्यसबारे छानबिन गर्न रास्वपाले मानवअधिकार आयोगमा उजुरी समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू