बाराको गढिमाई मेलामा सोमबारसम्म ५० लाख दर्शनार्थीले पुजापाठ र पशु बली चढाएका छन् । यही मंसिर १ गते देखि सुरु भएको मेलामा बलिको अघिल्लो दिन गत शनिबारसम्म करिब २५ लाख दर्शनार्थीले दर्शन गरेका थिए । भिड अत्यधिक भएका कारण कलैया चोकमा सबारी साधन रोक्ने गरिएको छ ।
मेला स्थलसम्म ७ किलोमीटर पैदल यात्रा गर्नुपर्ने अवस्था रहेको छ । मेला स्थल पुग्न सडकबाट सम्भब नभए पछि दर्शनार्थीहरुले दुधौरा तथा पसाह खोला तरेर जाने गरेका छन् भने हजारौ दर्शनार्थीहरु खेतैखेत मन्दिर पुग्ने गरेका छन । मेला व्यवस्थापनको सुरक्षामा जुटेका बाराका डिएसपी प्रकाश सापकोटाले नाका देखी मन्दिरसम्म मान्छे प्रेसर अत्यधिक रहेको बताउनुभयो ।
मेला व्यवस्थापनका सवै संयन्त्र अस्तब्यस्त बनेको यतिबेला मेला स्थलमा मोबाईल, गर गहना चोरी हुने गरेको तथा बालबालिका हराउने घटना बढेको प्रहरीले जनाएको छ ।