अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 18:10

रवि लामिछानेलाई बयानका लागि पर्सा लगियो

बिआरटीनेपाल २०८१ मंसिर २४ गते ५:४५ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि पर्सा लगिएको छ । सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पुर्जी जारी भएपछि उहाँलाई सोमबार पर्सा लगिएको हो । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई विमानबाट काठमाडौं हुँदै सिमरा विमानस्थल पुर्‍याइएको हो ।

सिमराबाट लैजाने क्रममा भने रास्वपाका समर्थकले नाराबाजी गरेका थिए । उनीहरूले लामिछानेलाई राखिएको प्रहरीको गाडीलाई अवरोध गर्ने प्रयास गरेका थिए । त्यसक्रममा प्रहरीले सामान्य बल प्रयोग गरेर प्रदर्शनकारीलाई हटाएको थियो । सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम गएको देखिएपछि प्रहरीले अनुसन्धान थालेको हो । प्रहरीले लामिछानेमाथि सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गरिरहेको छ ।

लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू