अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२१ | Colorodo: 01:36

बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते

बिआरटीनेपाल २०८१ मंसिर २३ गते ५:५८ मा प्रकाशित

बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको बडिमालिका ८ मार्तडीमा भएको स्कारपियो दुर्घटनामा परि कञ्चनपुरकी ३१ वर्षीया गायत्री पन्त र ५२ वर्षीया राधिका भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाकारी दिएको छ । पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा परेर तीन जना घाइते भएका छन्। घाइते हुनेमा बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त, र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेका छन्। घाइते तीनै जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। आइतबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको स्कारपियो बडीमालिका नगरपालिका–८ मा दुर्घटनामा परेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू