अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२८ | Colorodo: 01:43

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाण्डौमा

बिआरटीनेपाल २०८१ मंसिर २३ गते ५:२४ मा प्रकाशित

तीन दिने भ्रमणको लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुग्नुभएको छ । उहाँ दिउँसो साढे १२ बजे काठमाण्डौ ओर्लिनुभएको हो । लू दक्षिण तथा मध्य एसियाली मामिलाका सहायक विदेशमन्त्री हुनुहुन्छ ।

भारत र श्रीलङ्काको भ्रमणपछि उहाँ नेपाल आउनुभएको हो । दक्षिण एशियाभरि आफ्नो कूटनीतिक भ्रमणमा रहनुभएका लू नेपालका वरिष्ठ नेताहरू र नागरिक समाजसँग साक्षात्कार गर्न काठमाण्डौमा आएको अमेरिकी दूतावासले जनाएको छ । उहाँको  भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई सुदृढ पार्ने दूतावासको भनाइ छ ।

अमेरिकाले वातावरण संरक्षण, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण र दिगो विकासका प्रमुख क्षेत्रमा सहयोग बढाउने प्रतिबद्धतालाई जोड दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू