अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०४ | Colorodo: 01:19

राजनीतिक विभाजनले शिक्षा क्षेत्रमा प्रगति हुन सकेको छैन : सभामुख

बिआरटीनेपाल २०८१ मंसिर २२ गते ६:५८ मा प्रकाशित

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिक्षालाई ठीक ढंगले लैजान सकेमात्र समाजका सबै समस्या हल गर्न सकिने बताउनुभएको छ । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज ललितपुरको जावलाखेलमा आयोजित १६ औँ वार्षिक साधारणसभामा सभामुख घिमिरेले शिक्षाको ज्ञान र चेतना भर्ने शिक्षकले समाजलाई कता लैजाने भन्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

‘शिक्षक शिक्षाको चेतना भर्ने समाजका अगुवा हो, आफू जलेर समाजलाई अगाडि बढाउने शिक्षकले समाजको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ, समाज परिवर्तनमा शिक्षकले धेरै काम गरेका छन्, राजनीतिक विभाजनले गर्दा शिक्षा क्षेत्रमा धेरै प्रगति हुन सकेको छैन, परिवर्तनका लागि शिक्षकहरू एक ठाउँमा उभिनु जरूरी छ,’ सभामुख घिमिरेले भन्नुभयो ।

उहाँले शिक्षकहरूको हीतका लागि सानोसानो पूँजी जुटाएर काम गरेको सहकारी संस्थाले उत्कृष्ट काम गर्दै देशभर अगुवाई गरेर अगाडि बढेकोमा खुसी व्यक्त गर्नुभयो । ‘धेरै प्रयत्न गरिएको छ, राजनीतिक दलहरूबीच छलफल गरी आधारभूत कुराहरू टुंगोमा पु¥याएर निकास दिने तयारीमा छौँ,’ घिमिरेले भन्नुभयो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू