अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४८ | Colorodo: 13:03

गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाले फेरी निःशुल्क खाद्यान्न वितरण

बिआरटीनेपाल २०८१ मंसिर २१ गते १७:३७ मा प्रकाशित

वुडसाईड, न्यु योर्क । गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाले हिजो न्युयोर्क उडसाईडस्थित आफ्नै कार्यालय परिसरमा कोरोना कहर देखी हिजो सम्म ४८ औँ पटक निःशुल्क खाद्यान्न वितरण गरेको छ । अमेरिकाको न्यूयोर्कमा रहेको प्रसाउद कम्युनिटी ऐफियर्स पेन्ट्रीसँगको सहकार्यमा आउदै गरेको क्रिसमसको अवसरमा २८० जनालाई निःशुल्क सुख्खा खानाहरू, फलफूलसहित तरकारी बाँडेको हो । यस कार्यक्रमबाट विभिन्न समुदायहरू क्रमशः नेपाली, बङ्गाली, स्पेनिस, तिब्बतेन, भारतीय, पाकिस्तानी समुदायका मानिसहरू लाभान्वित भएका थिए ।

फाउन्डेसनले अमेरिकाभर सामाजिक कामहरू गर्दै आइरहेको छ । ‘सामाजिक उत्तरदायित्व अन्तर्गत हामीले निःशुल्क खाद्यान्न वितरण गरेका हौँ’ गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले भने,‘फाउन्डेसन मार्फत सामाजिक कामहरूमा हामीले तीव्रता दिँदै आइरहेका छौँ ।’ यस फाउन्डेसनले विभिन्न समुदायका लगभग तिसहजार तिनसय जना भन्दा बढीमा सेवा पुर्‍याएको अनुमान छ। “सेवा नै धर्म” हो भन्ने नाराका साथ फाउन्डेसन समाज सेवामा समर्पित भएर अघि बढी रहेको छ र हामी सबैको दुख-सुखको साथी बन्दै अगाडी बढ्ने प्रण गर्दछौ । आउनुहोस, हातेमालो गर्दै सहकार्य गरौँ अध्यक्ष घिमिरेले भने ।

सो वितरण कार्यक्रममा फाउन्डेसन अमेरिका च्याप्टरका उपाध्यक्ष सुवर्ण लामाको सकृयतामा स्वयंसेवकहरूको परिचालन गर्दै यसै फाउन्डेसनका केन्द्रीय सदस्यद्वय रेखा श्रेष्ठ र ध्रुव कुंवरको प्रभावकारी सामाजिक कार्यसँगै कृयाशील सदस्यहरू क्रमशः पूर्व एसपी दानबहादुर मल्ल, शेखर कार्की, बिकाश कुँवर, अमिता श्रेष्ठ, पासाङ शेर्पा गोपर्मा, ध्रुव कुँवर क्षेत्री, दीपक रायमाझी, योगेन्द्र अधिकारी, नबिना श्रेष्ठ, अश्ट श्रेष्ठ, सतनाम लाल, साजन थापा, बिल तामाङ, ध्रुव ज्योति श्रेष्ठ, सूर्यबहादुर कार्की, वीरेन्द्र मानन्धर, म्याग्दी समाज अमेरिकाका अध्यक्ष रमेश तुलाचन लगायतका समाजसेवी महानुभावहरूले स्वयंसेवकको भूमिका निर्वाह गर्नुभएको थियो ।

यस फाउन्डेसनको सामाजिक कार्यहरूको मूल्याङ्कन गर्दै अमेरिकी सिनेटका बहुमत नेता चक सुमर, सङ्घीय काँग्रेस सदस्य ग्रेस मेंग, न्यु योर्क राज्यकी गभर्नर क्याथी होतुल, न्यु योर्क शहरका मेयर ऐरिक अडम्स, पूर्व मेयर बिल दे ब्लाजियो, न्यु योर्क शहरका कम्पट्रोलर ब्राड ल्यान्डर, सिटी काउन्सिलकी सभामुख एन्ड्रिएन एडम्स, न्यु योर्क शहरका सार्वजनिक अधिवक्ता जुमाने विलियम्स, क्वीन्स जिल्ला महाअधिवक्ता मेलिन्डा काट्ज, ब्रुक्लीनबोरो प्रेसिडेन्ट अलफ्न्सो रेनोसो, क्वीन्सबोरो प्रेसिडेन्ट डोनोभन रिचार्ड्स, न्यु योर्क राज्यका सेनेटरहरू जोल लु, लेरोय कामरी र माइकल जियानारिस, न्यु योर्क राज्यका ऐसेमब्लीमेम्बरहरु सहाराना श्रेष्ठ, जेनिफर राजकुमार, स्टीभन रागा, अलिसिया हाईन्डमेन, डेभिड वेपरिन, खलील ऐन्डरसन र क्याटालिना क्रुज र न्यु योर्क शहरका सिटी काउन्सिल मेम्बरहरू जुली वन, शेखर कृष्णन, लिन्डा ली, र सान्ड्रा उङ लगायतका निर्वाचित पदाधिकारीहरुले यसै फाउण्डेशनलाई उद्धरण र उद्घोषणाको साथ सम्मान पत्रले पुरस्कृत गर्नु भएको छ।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले प्रसाउद कम्युनिटी ऐफियर्स पेन्ट्रीकी कार्यकारी निर्देशक जेनी पर्साउद, जसले आजको खाद्यान्न उपलब्ध गराई फाउन्डेसनसँग सहकार्य गरेकोमा उहालाई धन्यवाद एवं आभार प्रकट गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू