अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५
| Colorodo: 23:10
सेना फिर्ता भएपछि सिरियाली विद्रोही समूहले सिरियाको हामा शहरलाई पूर्णरूपमा आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन् । इस्लामिक चरमपन्थी विद्रोही समूहले हामा शहरलाई नियन्त्रणमा लिएर विजय घोषणा गरेको बीबीसीले जनाएको छ ।
शहर कब्जा गरे पनि कुनै पनि रुपमा आक्रमणको बदला लिने र दिने काम नहुने विद्रोही समूहका नेताले बताएका खबरमा उल्लेख छ । यसअघि विद्रोही र उनका सहयोगीहरूले हामाको केन्द्रीय कारागार नियन्त्रणमा लिएर कैदीहरूलाई रिहा गरेका थिए ।
त्यस्तै विद्रोही समूहले सिरियाको दोस्रो ठूलो शहर अलेप्पा नियन्त्रणमा लिएको थियो । हामा शहर अलेप्पोबाट १ सय १० किलोमिटर दक्षिणमा पर्छ । हामामा १० लाख मानिस बस्छन् । अहिले त्यहाँँका सबै सरकारी निकाय तथा कार्यालयहरु विद्रोहीको नियन्त्रणमा छन् ।