अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५९
| Colorodo: 05:14
भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथ को दर्शन गर्नुभएको छ । आज बिहान नेपाल आइपुग्नुभएका उहाँले बौद्धनाथको दर्शन एवम् पूजाअर्चना गर्नुभएको हो ।वाङचुकले यसअघि विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गर्नुभएको थियो। दर्शनअघि यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गरेका थिए।
भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौं आएका भुटानी नरेश आजै स्वदेश फर्किनुभएको छ। सोही अनुसार उहाँआज बौद्धनाथको दर्शन एवम् अवलोकन गरी उतैबाट एयरपोर्ट जानुभएको थियो ।