अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४३ | Colorodo: 04:58

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी साता

बिआरटीनेपाल २०८१ मंसिर २१ गते ५:३० मा प्रकाशित

नेपाली काँग्रेसले आगामी साता केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक मंसिर २४ गते सोमबार बिहान ९ बजेका लागि बोलाइएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिसकिएको उहाँले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौताबारे छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू