अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३३ | Colorodo: 04:48

सीताराम विवाहपञ्चमी महोत्सवः मटकोर विधि सम्पन्न

बिआरटीनेपाल २०८१ मंसिर २० गते ४:५५ मा प्रकाशित

सीताराम विवाहपञ्चमी महोत्सवअन्तर्गत पाँचौं दिन बिहीबार जनकपुरधाममा मटकोर विधि सम्पन्न भएको छ। बाजागाजासहितको टोली जानकी मन्दिरको प्राङ्गणबाट बिहेको वेदी बनाउन जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा माटो ल्याउन पुगेको थियो। मटकोर विधिको क्रममा लगिएको माटोबाट सीताराम विवाहका लागि मडवा निर्माण गरिनेछ।

पोखरीबाट जानकी मन्दिर भित्र्याइएको माटोले सीताराम विवाहका लागि वेदी तयार गर्ने चलन रहेको छ। मटकोरको क्रममा सेभ हिस्टोरिकल जनकपुरधामले प्रत्येक दिन आयोजना गर्ने गंगा आरतीको समेत आयोजना गरेको थियो। सो अवसरमा जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णवलगायत श्रद्धालुहरुको सहभागिता रहेको थियो। सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र आज पाँचौं दिन मटकोर विधि सम्पन्न भएको छ।

महोत्सवको छैठौँ दिन शुक्रबार स्वयम्वर एवं वैवाहिक कार्यक्रम र अन्तिम दिन शनिबार रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू