अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३६ | Colorodo: 13:51

सरकारलाई नटेर्ने र चुनौती दिन खोज्ने प्रवृत्ति अनुचित : अर्थमन्त्री पौडेल

बिआरटीनेपाल २०८१ मंसिर २० गते ४:३८ मा प्रकाशित

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपयोग गरेका उद्योगसँग बक्यौता असुल गरेरै छाड्ने बताउनुभएको छ । बिहीबार बुटवलमा आयोजित नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११औँ केन्द्रीय सभामा उहाँले यस्तो बताउनुभएको छ । प्राधिकरणले पनि उद्योगीले उपयोग गरेको विद्युत्को बिल उपलब्ध गराउन सक्नुपर्नेमा पौडेलले जोड दिनुभयो । उहाँले डेडिकेटेड तथा ट्रंकलाइनसम्बन्धी विवाद छिटै समाधान हुने बताउनुभयो ।

सरकारलाई नटेर्ने र चुनौती दिन खोज्ने प्रवृत्ति उचित नभएको उहाँले उल्लेख गर्नुभयो । यस्तो प्रवृत्ति सहज ढंगले अन्त्य होस् भन्ने सरकारले चाहेको उहाँले बताउनुभयो । पौडेलले विद्युत् प्राधिकरण आफैँ सबल र सक्षम नहुँदासम्म कर्मचारी सफल हुन नसक्ने पनि बताउनुभयो । कर्मचारीको ५२ महिनादेखि रोकिएको बिमा र सेवा–सुविधाका विषयमा सरकारले छलफलबाट समाधान निकाल्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू