अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३८ | Colorodo: 13:53

साताको अन्तिम कारोबारमा १५ अंकले घट्यो सेयर बजार

बिआरटीनेपाल २०८१ मंसिर २० गते ४:२७ मा प्रकाशित

साताको अन्तिम कारोबारका दिन बिहीबार सेयर बजार परिसूचक १५ अंकले घटेको छ । यस दिन बजार १५.९३ अंकले घटेको हो । बजार घट्दा ४० कम्पनीको सेयर मूल्य बढेको छ । २०१ कम्पनीको सेयर मूल्य घटेको छ । १५ अंकले घटेको बजारमा आठ अर्ब ३६ करोड ९६ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

खानीखोला हाइड्रो, सुपरमादी, मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन, एनसीसी डिबेन्चर उच्च कमाउने कम्पनीको शीर्षमा परे । समूहगत सूचकतर्फ जीवन बिमा र व्यापार समूह बढ्दा बाँकी ११ समूहको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू