अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०२ | Colorodo: 15:17

प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कुरै उठेन

बिआरटीनेपाल २०८१ मंसिर २० गते ४:२२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चारदिने चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे कुरा नउठेको स्पष्ट पार्नुभएको छ । बिहीबार स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरूसँगको कुराकानीका क्रममा ओलीले पोखरा विमानस्थलबारे कुनै कुरा नभएको बताउनुभएको हो । पोखरा विमानस्थलबारे चीनसँग कुनै कुरा भएन भनी सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “कुरा उठेन ।”

चीन भ्रमणमा जानुअघि सत्तारूढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा चीनसँग लिइएको ऋण सहायता अनुदानमा रूपान्तरण गर्न अनुरोध गर्ने सहमति भएको थियो । चिनियाँ ठेकेदारले नेपालमा गरेका कार्यमा ढिलासुस्ती भएको सम्बन्धमा पनि प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभएको छ । चिनियाँ ठेकेदारले बनाउँदै गरेको नारायणगढ–बुटबल सडकखण्ड अबको दुई वर्षमा सम्पन्न हुने दाबी प्रधानमन्त्रीले गर्नुभयो ।

“नागरायणगढ–बुटबल सडकखण्ड पुन अहिले प्रारम्भ भइसकेको छ निर्माण कार्य । अथवा केही दिन हुन्छ, यो प्रारम्भ गर्ने भन्ने सहमति भइसकेको छ । २०८३ साल मंसिर भित्रमा निर्माण कार्य सम्पन्न हुन्छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू