नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० का अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तहको उपनिर्वाचनमा तीन ठूला दल नै एक अर्काको विकल्पको रूपमा देखिएको बताउनुभएको छ । असन्तुष्ट जनताले विकल्प चाहेको भए पनि नयाँ विकल्प नपाएर पुरानैमध्येबाट एउटालाई छान्न बाध्य भएको उहाँको बुझाइ छ।
‘दुई वर्षभित्रै भएको ४१ वटा स्थानीय तहको उपनिर्वाचनमा अधिकांश ठाउँमा पहिले जितेको दलले हारेको र अर्को दलले जितेको देखिएको छ’ उहाँले भन्नुभएको छ, ‘साथै केही ठाउँलाई छाडेर अधिकांश ठाउँमा तीन पुराना दल नै एक अर्काको विकल्प बनेका छन्, यसको सोझो अर्थ हो जनता असन्तुष्ट छन्, विकल्प चाहन्छन्, तर नयाँ विकल्प नपाएर पुरानैमध्येबाट एउटालाई छान्न बाध्य छन्।’
नयाँ र वैकल्पिक शक्तिहरूले यसबाट पाठ सिकेर, आआफ्ना कमजोरीहरू सच्याएर अर्को पटक जनतालाई विश्वासिलो र भरपर्दो विकल्प दिन सक्नुपर्ने उहाँले बताउनुभयो । नयाँहरूले यो निर्वाचनबाट पनि पाठ नसिके जनता अर्कै विकल्प खोज्न बाध्य हुने भट्टराईको भनाइ छ।