अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४२ | Colorodo: 11:57

नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान दिने चिनियाँ राष्ट्रपतिको घोषणा

बिआरटीनेपाल २०८१ मंसिर १८ गते ६:३१ मा प्रकाशित

चीनले नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान सहयोग दिने भएको छ । प्रधानमन्त्री कपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले सो घोषणा गर्नुभएको हो ।

चिनीया राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको आज भेटवार्ता भएको थियो । सो पश्चात नेपाललाई चीनले ५ सय मिलियन आरएमबी (करिब ९ अर्ब रुपैयाँ) सहयोग गर्ने प्रतिवद्धता जनाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले चिनीया राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ । सीले अनुकुल समय मिलाएर आउने जानकारी दिएको प्रवक्ता ढकालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू