अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४९ | Colorodo: 12:04

एनआरएनएको विवादसम्बन्धी मुद्दामा ‘अन्य’ आदेश

बिआरटीनेपाल २०८१ मंसिर १८ गते ५:५९ मा प्रकाशित

गैरआवासीय नेपाली संघ ९एनआरएनए०को आधिकारिक विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ‘अन्य’ आदेश दिएको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मंगलबार अन्तरिम आदेशका लागि मुद्दालाई प्राथमिकतामा राखेर अघि बढाउने गरी अन्य आदेश दिएको हो ।

एनआरएनएमा बद्री केसीले अदालतलाई नै गुमराहमा राख्ने काम गरेको तथा उनी आधिकारिक नै हुन नसक्ने जिकिर गर्दै नयाँ कार्यसमितिका अध्यक्ष आरके शर्मालगायतले गत कात्तिक ८ गते सर्वोच्चमा रिट दायर गरेका थिए । केसीसहित परराष्ट्र मन्त्रालय, गैर आवासीय नेपाली संघको कार्यालय , संरक्षक शेष घलेलगायतलाई विपक्षी बनाएर दायर भएको उक्त रिटमा सर्वोच्चले यसअघि कारण देखाऊ आदेश जारी गरेपनि मुद्दाको टुङ्गो भने हालसम्म लाग्न नसकेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू