अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२६ | Colorodo: 11:41

थाइल्याण्ड र म्यानमारमा नेपाली अलपत्र

बिआरटीनेपाल २०८१ मंसिर १७ गते ६:०३ मा प्रकाशित

थाइल्याण्ड र म्यानमारमा दुई महिनादेखि आठ जना नेपाली अलपत्र परेका छन् । सर्लाहीका विमल दाससहित आठ जना नेपाली अलपत्र परे पनि बैंककस्थित नेपाली दुतावासले कुनै पहल गरेको छैन ।थाइल्याण्डको अज्ञात स्थानमा मोबाइल समेत खोसेर सम्र्पकविहीन अवस्थामा राखिएका पाँच जना नेपालीहरुले नेपालमा रहेका आफन्तलाई सम्पर्क गरी उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

उता, म्यानमारमा अलपत्र रहेका तीन जनाको भने कुनै जानकारी समेत नभएको पाइएको छ । नेपालबाट विद्यार्थी भिसामा दुबई गएका उनीहरु गत भदौमा नेपाल फर्केकोमा नेपालबाट वर्किङ भिसामा फेरि दुबई गएको पारिवारिक स्रोतले जनाएको छ । दुबईबाट थाइल्याण्ड काम लगाइदिने भन्दै केही श्रीलंकालीहरुले उनीहरुलाई म्यानमार पुर्‍याएको बुझिएको छ ।

म्यानमारस्थित श्रीलंकाली दूतावासले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा पाँच जना नेपाली म्यानमारबाट थाइल्याण्ड पुगेका हुन् । आफूसहित पाँच जनालाई नेपाली बोल्ने एक व्यक्तिले म्यानमारबाट थाइल्याण्ड ल्याएको र अन्य तीन जना म्यानमारमै छुटेको सर्लाहीका विमल दासले बताएका छन् । उनीहरुलाई नेपाल फर्किनका लागि १२–१५ हजार डलर मागेको पनि उनले बताएका छन् । बैंककस्थित नेपाली दूतावासमा खबर पुगेको तर दूतावासले वास्ता नगरेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू