अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 03:01

सुनचाँदीको मूल्य घट्यो

बिआरटीनेपाल २०८१ मंसिर १६ गते ६:०६ मा प्रकाशित

स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसदिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार सुन प्रतितोला एक लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीका मूल्य तोलामा पाँच रुपैयाँ घटेर एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू