अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४९ | Colorodo: 03:04

फेवाताल मिचेको आरोपमा कर्ण शाक्यको रिसोर्टमा तोडफोड

बिआरटीनेपाल २०८१ मंसिर १६ गते ५:५८ मा प्रकाशित

नेकपा बहुमत पार्टीका कार्यकर्ता बताउने समुहले शनिबार साँझ कर्ण शाक्यको पार्क भिलेज वाटरफ्रण्ट रिसोर्ट तोडफोड गरेका छन्। फेवाताल किनारमा रहेको उक्त रिसोर्टले तालको मापदण्ड मिचेको र सार्वजनिक पर्ति जग्गा व्यक्तिको नाममा सारेर रिसोर्ट बनाएको आरोपमा उनीहरुले उक्त आक्रमण गरेका हुन्। उनीहरुले रिसोर्टको बार भत्काउनुका साथै एउटा टेबल फुटाएको रिसोर्ट व्यवस्थापनले जनाएको छ। रिसोर्टका व्यवस्थापक अमृत जिसीले अचानक केही व्यक्तिहरुको समुह रिसोर्टमा प्रवेश गरेर तोडफोड गरेर भागेको बताउनुभयो।

‘केही व्यक्तिहरु रिसोर्टमा आएर एउटा टेबल फुटाएका छन्। बार भत्काएका छन्,’ उहाँले भन्नुभयो, ‘हामीले जानकारी पाएर जाँदा उनीहरु भागिसकेका थिए।’ रिसोर्टमा आक्रमण गरेर उनीहरु भागिसकेपछि गस्तीमा भएका प्रहरी घटनास्थल पुगेका थिए। घटनाका बारेमा प्रहरीलाई औपचारिक जानकारी गराउने तयारी गरेको व्यवस्थापक जिसीले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले पनि घटनाका बारेमा रिसोर्टले औपचारिक जानकारी नदिएको बताउनुभयो।

‘हामीलाई सम्बन्धित पक्षले औपचारिक जानकारी दिएका छैनन्,’ उहाँले भन्नुभयो, ‘घटनाका विषयमा हामीले आप्mनो तर्फबाट अनुसन्धान अघि बढाएका छौं’। रिसोर्टमा आक्रमण गर्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू