अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२६ | Colorodo: 01:41

नोभेम्बरमा १ लाख १४ हजार जनाभन्दा धेरै पर्यटक नेपाल भित्रिए, पोहोरभन्दा साढे ५ प्रतिशत धेरै

बिआरटीनेपाल २०८१ मंसिर १६ गते ५:५१ मा प्रकाशित

नोभेम्बर महिनामा नेपालमा एक लाख १४ हजार जनाभन्दा धेरै पर्यटक भित्रिएका छन् ।नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा एक लाख १४ हजार पाँच सय एक जना पर्यटक भित्रिएका छन् । यो अघिल्लो वर्षको भन्दा पाँच दशमलव चार प्रतिशत अर्थात् झन्डै ६ हजार जनाले धेरै हो ।नोभेम्बरमा सबैभन्दा धेरै भारतबाट १९ हजार नौ सय सय १५ जना पर्यटक आएका छन् । गएको वर्षको नोभेम्बरमा भन्दा यो वर्ष भारतबाट आउने पर्यटकको सङ्ख्या साढे १८ प्रतिशतले कमी हो । नेपालमा बारम्बार भइरहेका गाडी दुर्घटनाको असर भारतबाट आउने पर्यटकको सङ्ख्याले देखाएको बोर्डले जनाएको छ ।

समग्रमा दक्षिण एशियाबाट एकै महिनामा ३१ हजार एक सय ६७ जना पर्यटक आएका छन् । यस्तै चीनबाट नौ हजार चार सय ५८ सहित एशियाका देशबाट २४ हजार आठ सय ९७ जना पर्यटक नेपाल आएका बोर्डले जनाएको छ । यस्तै युरोपमध्ये सबैभन्दा धेरै बेलायतबाट ६ हजार ६ सय ११, जर्मनीबाट तीन हजार नौ सय २६ र फ्रान्सबाट तीन हजार आठ सय ४१ जना पर्यटक आएका छन् । युरोपबाट समग्रमा २६ हजार एक सय ५५ जना पर्यटक नोभेम्बर महिनामा नेपाल आएका छन् । पोहोरको नोभेम्बरको तुलनामा यो वर्षको नोभेम्बरमा युरोपबाट नेपाल आउने पर्यटक १५ दशमलव प्रतिशतले बढेका छन् ।

न्युजिल्यान्ड र अस्ट्रेलियाबाट पाँच हजार तीन सय जना आएका छन् । यस्तै अमेरिकाबाट झन्डै ११ हजार र क्यानडाबाट एक हजार नौ सय ८४ जना पर्यटक आएका छन् । मध्यपूर्वका देशबाट १४ सय र अरू देशबाट १२ हजार पाँच सय जना पर्यटक आएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।

प्रतिक्रिया