अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१२ | Colorodo: 10:27

उत्तरी नाइजेरियाको नाइजर नदीमा डुङ्गा पल्टिँदा २७ जनाको ज्यान गयो

बिआरटीनेपाल २०८१ मंसिर १५ गते ८:०८ मा प्रकाशित

उत्तरी नाइजेरियाको नाइजर नदीमा डुङ्गा पल्टिँदा २७ जनाको ज्यान गएको छ । एक सय जना भन्दा धेरै हराइरहेका छन् । दुई सय जना मानिसलाई बोकेर एउटा खाद्य बजारतर्फ गइरहेको डुङ्गा पल्टिएको सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।हराउनेमा धेरैजसो महिला रहेका छन् । यो डुङ्गा कोगी राज्यबाट छिमेकी नाइजर राज्य जाँदै गरेको नाइजर राज्य आपतकालीन व्यवस्थापन एजेन्सीका प्रवक्ता इब्राहिम औडुले बताउनुभएको छ । उद्धारकर्ताहरूले हिजो रातिसम्म नदीबाट २७ जनाको शव निकालेका छन् । हराइरहेकाहरुको गोताखोरहरूले अझै अरूको खोजी गरिरहेका छन् ।

उद्धारकर्तालाई पल्टिएको डुङ्गाको ठाउँ पत्ता लगाउनै समस्या भएको थियो । अधिकारीहरूले डुङ्गा पल्टिनुको कारण के हो भन्ने पुष्टि गरेका छैनन्, तर स्थानीय मिडियाले क्षमता भन्दा निकै धेरै भार भएका कारण डुङ्गा पल्टिएको हुन सक्ने  उल्लेख गरेका छन् । नाइजेरियाका दुर्गम भागहरूमा चल्ने डुङ्गाहरूमा अत्यधिक भीडभाड हुनु सामान्य छ  । सडकको व्यवस्था नहुँदा मानसिहरु जोखिम मोलेर डुङ्गामा यात्रा गर्न बाध्य छन्  ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू