चीनले ताइवानको सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएको छ । इवानको रक्षा मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत बुधबार बिहान करिब १७ चिनियाँ विमान र सातवटा जहाज ताइवानको सीमा नजिक पुगेको जनाएको छ । तीमध्ये १० वटा विमान ताइवानको आकाशमा घुसेका छन् । चीनले पछिल्लो केही दिनयता ताइवानको सीमामा सैन्य गतिविधि बढाएको छ । यसअघि, गत मंगलबार पनि पाँच चिनियाँ विमान र सातवटा जहाज ताइवान सीमा नजिक देखिएका थिए । जसमध्ये चारवटा विमान ताइवानको आकाशमा प्रवेश गरेका थिए । सोमबार पनि १२ चिनियाँ विमान र सात विमानले ताइवानको सीमा नाघेका थिए ।
चीनबाट हुने लगातार घुसपैठ हुन थालेपछि ताइवानले सुरक्षा व्यवस्था कडा बनाउने निर्णय गरेको छ । चीनले मंगलबार अमेरिकी नौसेनाको विमानको निगरानी गर्न आफ्ना सैन्य विमान र नौसैनिक जहाजहरू तैनाथ गरेको जनाएको छ । अमेरिकी नौसेनाको सातौँ फ्लाइटको पीएटवान पोसेडन विमानले चीन र ताइवान बीचको समुद्री मार्गबाट उडान भरेको थियो । चीनले अमेरिकाको कदमको आलोचना गर्दै यसलाई क्षेत्रीय शान्ति र स्थिरताका लागि खतरा भएको बताएको छ । तर, अमेरिकाले अन्तर्राष्ट्रिय कानुनबमोजिम गस्ती गरेको दाबी गरेको छ । चीन र ताइवानबीच जारी विवादमा अमेरिका ताइवानलाई सबैभन्दा धेरै हतियार दिने राष्ट्र हो ।