अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३६ | Colorodo: 09:51

दृष्टिबिहीन टी२० क्रिकेट विश्वकपमा नेपाल पाकिस्तानसँग पराजित

बिआरटीनेपाल २०८१ मंसिर १२ गते ४:४३ मा प्रकाशित

पाकिस्तानमा जारी ब्लाइण्ड टी- २० क्रिकेट विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले हार व्यहोरेको छ ‌। नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १०१ रनको लक्ष्य पाकिस्तानले ६.४ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । पाकिस्तानका नइमत उल्लाहले सर्वाधिक ७३ रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर १०० रन बनाएको थियो । नेपालका लागि ओपनर भरत थापाले सर्वाधिक ३९ रन बनाएका थिए । पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले त्यसपछि दुई खेल जितेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू