अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३६ | Colorodo: 19:51

सुन तोलामा ९ सय बढ्यो

बिआरटीनेपाल २०८१ मंसिर १२ गते ४:१९ मा प्रकाशित

बुधबार सुनको मूल्य तोलामा ९ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ४८ हजार ७ सय रुपैयाँ थियो ।

यसअघि कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । सरकारले भन्सार दर १० प्रतिशत घटाउनु र अन्तर्राष्ट्रिय बजारमा केही घटेपछि नेपालमा सुनको भाउ घटेको थियो ।

चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन १८२० रुपैयाँ रहेको चाँदी १८३० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू