अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३७
| Colorodo: 01:52
एशियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुन लागेको १९ वर्षमुनिको एशिया कप खेल्न यूएई जाने नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज बिदाइ गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, क्यानका सचिव पारस खड्कालगायतको उपस्थितिमा एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरिएको हो । टोली भोलि यूएई प्रस्थान गर्नेछ ।
आउँदो शुक्रवारदेखि यूएईमा शुरू हुने प्रतियोगिताका लागि हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भइसकेको छ । मङ्सिर १४ देखि २३ गतेसम्म हुने एशिया कपमा नेपालको पहिलो खेल मङ्सिर १४ गते श्रीलङ्कासँंग रहेको छ । दोस्रो खेल १६ गते बङ्गलादेश र अन्तिम खेल १८ गते अफगानिस्तानसँग हुनेछ । १९ वर्षमुनिकाे एशिया कप क्रिकेटमा आठ वटा देशले सहभागिता जनाउँदै छन् ।