अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२९ | Colorodo: 21:44

एनआरएन प्रोफिजन तथा पिएनओ (People of Nepali origin) सम्बन्धी कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०८१ मंसिर १० गते १६:३९ मा प्रकाशित

कोलोराडो । राष्ट्र स्वतन्त्र पार्टीको एनआरएन एडभाइजरी कमिटी र आवसिय डायासपोराको संयुक्त आयोजनमा गत शनिवार ब्रुमफिल्डमा एनआरएन प्रोफिजन तथा पिएनओ (people of Nepali origin) सम्बन्धी कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको प्रमुख अतिथि रास्वपा केन्द्रीय एनआरएन विभाग उपप्रमुख डा. प्रणय राणालाई कोलोराडोका व्यवसायी तथा हेल्पिङ ह्यान्डका संस्थापक अध्यक्ष नारायण श्रेष्ठ, रास्वपा प्रवास नेपाली सम्पर्क विभाग अमेरिकाको कार्यवाहक प्रमुख दीपक सुनुवार तथा रास्वपा गैर आवसिय सल्लाहकार समिति कोलोराडो च्याप्टर संयोजक मनिषध्वज थापाले खादा लगाएर स्वागत गरेका थिए । डा. राणालाई स्वागत गर्नु भन्दा पहिले कोलोराडोका रहेका विभिन्न संस्थाका प्रतिनिधिहरूलाई आसन ग्रहण गराइएको थियो ।

कार्यक्रममा उपस्थित सम्पूर्णलाई रास्वपा गैर आबसिय सल्लाहकार समिति कोलोराडो च्याप्टर संयोजक मनिषध्वज थापाले स्वागत गरेका थिए भने एनआरएन कोलोराडो च्याप्टर अध्यक्ष प्रकाश पौडेल र हेल्पिङ ह्यान्डका संस्थापक अध्यक्ष नारायण श्रेष्ठले आफ्नो छोटो मन्तव्य राखेका थिए ।

रास्वपा केन्द्रीय एनआरएन विभाग उपप्रमुख डा. प्रणय राणाले संसार भरी छरिएर बस्नु भएका नेपाली प्रवासी तथा गैर आवसिय साथीहरूको हक हितको लागि हाम्रो पार्टीको विशेष विभागबाट डकुमेन्टेसन तथा डाटा कलेक्सन गर्ने, सल्लाह सुझाव लिने र त्यसलाई उपयुक्त प्रकृयाबाट कानुन निर्माणमा सहयोग गर्ने मेरो जिम्माको काम भएको हुनाले म अहिले अमेरिकाको विभिन्न सहरमा गएर एनआरएन नागरिकता तथा कार्ड सम्बन्धी जानकारी दिँदै आएको छु । उक्त कलेक्सन गरेको डाटालाई सम्बन्धित ठाउँमा पुर्‍याउन पूर्व खेलकुद मन्त्री तथा माननीय बिराज भक्तले सहयोग गर्नेछु भन्नु भएको छ ।

डा. राणाले एनआरएन सम्बन्धी ५ बुँदा प्रस्तुत गरेका थिए उक्त बुँदामा …
(१) एनआरएन नागरिकता र एनआरएनसँगको सदस्यमा भएको एनआरएनको व्याख्याले उत्पन्न दुबिधा बारेमा
(२) कानुनको अभावमा अवैध नेपाली नागरिकताको प्रयोग गरी गरेको कारोबारहरूलाई वैध गर्ने मौका दिनु पर्ने (Amnesty) बारेमा
(३) एनआरएनलाई लगानी गर्ने क्राइटेरिया वैदेशिक लगानी (Forein Direct Investment) बाट फरक र सहज गर्न पर्ने बारेमा
(४) एनआरएन नागरिकता सुविधाको लागि बनाएको हुनेले भिसाको झन्झटबाट मुक्त गर्न पर्ने बारे
(५) एनआरएन नागरिकता प्राप्ति प्रकृया कानुन अनुसार एम्बेस्सीहरुबाट तुरुन्त सुरु गर्ने तथा कम झन्झटिलो बनाउने बारे

कार्यक्रमको दोस्रो चरणमा प्रश्न उत्तरको कार्यक्रम राखिएको थियो जसमा ९ जनाले प्रश्न सोधेका थिए जसको उत्तर डा. राणाले दिएका थिए । प्रश्न सोध्नेहरूमा टीका पौडेल, सरला प्रधान, अर्जुन बगाले, करिना कुवर, पदम विश्वकर्मा, नवीन पौडेल, शिशिर भट्ट, सरिता गुरुङ र शिरीष कुवर थिए । कार्यक्रमको सञ्चालन निशा पाठकले गरेकी थिइन ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण बिआरटी नेपालको फेसबुक पेजबाट गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू