अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०७
| Colorodo: 10:22
सत्तारुढ दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाले पठाएको जरिवानासहितको पत्र बुझ्न अस्वीकार गरेको छ ।गत शुक्रबार दरबारमार्गमा जागरणसभा गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले काटेको पत्र बुझाउन आज महानगरको टोली एमाले मुख्यालय पुगेकोमा एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो ।
शुक्रबारको कार्यक्रमको आयोजक काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटी भएको भन्दै एमाले मूख्यालयले पत्र नबुझेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले चिठी बेठिक ठाउँमा आएको भन्दै बुझ्न अस्वीकार गर्नुभएको थियो । कार्यक्रम गरेका हरेक ठाउँमा सरसफाइ गरेको दाबी गर्दै एमालेले मेयर बालेन शाहले स्टन्टबाजी गर्नका लागि पत्र काटेको आरोप लगाएको छ ।