अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४३ | Colorodo: 12:58

टिकटक र चाइल्ड सेफनेटले बालबालिका र युवाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै

बिआरटीनेपाल २०८१ मंसिर ८ गते ७:२५ मा प्रकाशित

बालबालिका र युवाहरूको डिजिटल सुरक्षाका लागि चाइल्ड सेफनेटले टिकटकसँग सहकार्य शुरू गरेको छ । सहकार्यको पहिलो चरणमा बाग्मती, गण्डकी र कोशी प्रदेशमा बालबालिका, अभिभावक र शिक्षकहरूलाई डिजिटल सुरक्षाबारे प्रशिक्षण दिइने चाइल्ड सेफनेटले जनाएको छ ।यसकै शिलशिलामा चाइल्ड सेफनेटले बालबालिका र युवाहरूका लागि डिजिटल सुरक्षा कार्यशाला आयोजना गरिसकेको छ । कार्यशालामा सहभागीहरूलाई डिजिटल प्रविधिसँग सम्बन्धित आफ्ना अनुभवहरू सुनाउन र डिजिटल प्रविधिको सकरात्मक प्रयोग तथा चुनौतीहरूबारे चर्चा गर्न एउटा महत्वपूर्ण अवसर प्रदान गरेको संस्थाले जनाएको छ ।

बाल तथा युवामैत्री विधि प्रयोग भएको अन्तरक्रियात्मक कार्यशालामा सहभागीहरूले साइबर बुलिङ, घृणास्पद सामग्री (हेट स्पीच), भ्रामक र गलत सूचना (मिस/डिस इन्फर्मेसन), अनलाइन ग्रुमिङ, हानिकारक सामग्री (यौन र हिंसात्मक सामग्री) बारे छलफल गर्दै तिनबाट सुरक्षित रहन सिकेका छन् । टिकटकको सामुदायिक साझेदार च्यानलका रूपमा चाइल्ड सेफनेटले टिकटकमा हुनसक्ने बाल दुर्व्यवहारका घटनाहरू टिकटकमा पठाउने छ । बाल दुर्व्यवहारका घटनाहरू info@childsafenet.org मा पठाउन सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू