गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चिकित्सकहरुमाथि हुने कुनैपनि प्रकारको दुव्र्यवहार सैह्य नहुने चेतावनी दिनुभएको छ ।द सोसाईटी अफ सर्जनस नेपाल र साउथ एशियन सर्जिकल केयर सोसाइटीको सहकार्यमा पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो ।
मुख्यमन्त्री पाण्डेले पोखराको मणिपाल अस्पतालमा गत वर्ष मात्रै चिकित्सकहरुमाथि दुव्र्यवहारका घटना भएको दृष्टान्त पेश गर्दै आइन्दा त्यस्तो घटना हुन नदिने आश्वासन समेत दिनुभयो । उहाँले चिकित्सकहरुलाई निर्भिकतापूर्वक काम गर्न पनि आग्रह गर्नुभयो । चिकित्सकहरुमाथि कुनैपनि समस्या परेमा गण्डकी प्रदेश सरकार साथमा रहने मुख्यमन्त्री पाण्डेको भनाई थियो ।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले स्वास्थ्य उपचारमा आम नागरिकको पहुँच पु¥याउनका लागि सक्दो पहल गरिरहेको पनि बताउनुभयो ।