अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 17:10

राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

बिआरटीनेपाल २०८१ मंसिर ७ गते ६:०९ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न तीन देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । समारोहमा इजराइलका आवासीय राजदूत श्मुलिक एरी बास, स्पेनका गैरआवासीय राजदूत जुआन एन्टोनियो मार्च पुजोल र न्यूजिल्यान्डका गैरआवासीय राजदूत पैट्रिक जोन राटाले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

उक्त समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू