अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१० | Colorodo: 06:25

विदेशी मुद्रा सञ्चिति र बैंकको तरलता सदुपयोग गर्नेगरी नीतिगत सुधार गर्न कांग्रेससँग निजी क्षेत्रको माग

बिआरटीनेपाल २०८१ मंसिर ७ गते ५:३३ मा प्रकाशित

विदेशी मुद्रा सञ्चिति र बैंकको तरलता सदुपयोग गर्नसक्ने गरी कानून सुधारको लागि निजी क्षेत्रले नेपाली कांग्रेससँग माग गरेका छ ।शुक्रवार नेपाली कांग्रेसले निजी क्षेत्रसँग गरेको छलफलपछि सञ्चारकर्मीलाई निजी क्षेत्रका प्रतिनिधिहरुले प्रतिक्रिया दिँदै निजी क्षेत्रले कांगेस यस्तो माग गरिएको जानकारी दिएका हुन् । उनीहरुले वर्तमान सत्ता समिकरणमा नेपाली कांग्रेस र नेकपा एमाले रहेकाले मुलुकको अर्थतन्त्र चलायमान बनाउनको लागि विदेशी मुद्रा सञ्चिति र बैंकको तरलता सदुयोग गर्नसक्ने गरी कानूनहरु सुधार गर्न माग गरिएको उल्लेख गरे ।

उनीहरुले पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर बनेकाले विदेशी मुद्रा सञ्चिति उच्च र बैंकहरुमा प्रशस्त तरलता हुँदा समेत कर्जा लिन नसक्ने अवस्था रहेको जानकारी दिएको बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्रको वर्तमान सुधारका उपायहरु कांग्रेससँगको छलफलमा दिएको बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्रमा रिफर्म आवश्यकता रहेकाले रिफर्मको लागि आवश्यक तयारी गर्न सुझाव दिएको बताउनुभयो ।अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र संकुचनको अवस्थामा रहेको भन्दै अर्थतन्त्रलाई माथि लैजानको लागि नीतिगत सुधार गरी आन्तरिक र वैदेशिक लगानीको वातावरण बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले सरकारले लगानीको वातावरणको लागि पुराना कानून,नीति परिमार्जन गर्न सुझाव दिएको बताउनुभयो ।

अध्यक्ष ढकालले बिहीबार मात्रै आएको कन्ट्री रेटिङको प्रतिवेदनले वैदेशिक लगानीका लागि सकारात्मक देखिएको बताउनुभयो । उहाँले कन्ट्री रेटिङबाट नेपालमा लगानी जोखिम नभएको र लगानीको लागि उपयुक्त छ भन्ने सन्देश दिएको बताउनुभयो । उहाँले आन्तरिक रुपमा निजी क्षेत्रको मनोबल उच्च बनाउन नीतिगत र कानून सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको अर्थतन्त्र कमजोर अवस्थामा रहेकाले सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले वाह्य अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेको बताउनुभयो । उहाँले विदेशी मुद्रा सञ्चिति २२ खर्ब पुगेकाले लगानीको वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष अग्रवालले निजी क्षेत्रको क्षमता कमजोर हुँदै गएकाले पछिल्लो समय उत्पादन,रोजगारी सिर्जना,व्यवसायीक अवस्था सिर्जना हुन नसक्दा अर्थतन्त्र चिन्ताजनक अवस्थामा पुगेको बताउनुभयो । उहाँले अर्थतन्त्रका वाह्य सूचकहरु राम्रो भएर मात्रै नहुने भन्दै सदुयोग भएमात्रै अर्थतन्त्र चलायमान हुने बताउनुभयो । उहाँले बैंकमा ७ खर्बको पुँजी थुप्रिएको र ब्याजदर घट्दा समेत निजी क्षेत्र आकर्षित हुन नसकेको बताउनुभयो । उहाँले दबाबमा सरकारलाई निजी क्षेत्रले राजश्व तिर्नुपरेको बताउनुभयो । उहाँले धेरै ऐन कानूनहरु पनि सुधार गरी अर्थतन्त्रको रिफर्म गर्न ढिला भएको उल्लेख गर्नुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले मागमा कमी,बैंककमा पैसा थुप्रिएको,उद्योग ४० प्रतिशतको क्षमतामा चलिरहेको अवस्थाको विषयमा स्पष्ट रुपमा जानकारी दिएको बताउनुभयो । उहाँले विदेशी मुद्रालाई उपयोग गर्ने वातावरण बनाउन आग्रह गरिएको बताउनुभयो । उहाँले दोस्रो चरणको अर्थतन्त्र सुधारको लागि वर्तमान समिकरणको सरकारले निजी क्षेत्रलाई साथमा लिएर जानुपर्ने बताउनुभयो । निजी क्षेत्रले व्यवसायीहरुलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्नेमा जोड दिएका छन् । समग्र निजी क्षेत्रको मानमर्दन गर्नुको साटो सम्मान गर्नुपर्नेमा उनीहरुको जोड छ । व्यवसाय दर्ता, नवीकरण वा राजश्व बुझाउने प्रक्रियामा एकीकृत प्रणाली ल्याउन सुझाव दिए । विगत दुई वर्षदेखि बजार नियन्त्रणका लागि अपनाइएका नीतिहरूले अर्थतन्त्रमा समस्या सिर्जना गरेको भन्दै तत्काल सरकारले सुधार गर्न आवश्यक सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू