अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१२
| Colorodo: 19:27
जनता समाजवादी पार्टी ९जसपा० नेपाल विभाजनविरुद्धको रिट हेर्न नमिल्नेमा परेको छ। सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल, टेकप्रसाद ढुंगाना र सुनीलकुमार पोखरेलको इजलासमा रिटको पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेको हो। अशोक राईको नेतृत्वमा सात जना सांसदले गरेको पार्टी विभाजनविरुद्ध अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
गत वैशाख २३ गते राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका थिए। सोही निवेदनको आधारमा आयोगले वैशाख २४ मा आधिकारिकताको प्रमाणपत्र दिएको थियो। निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई दिएको आधिकारिकता असंवैधानिक भएको भन्दै यादव सर्वोच्च अदालत जानुभएको हो ।
जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन्। अशोक राईसँग ७ जना सांसद छन्।