न्यूयोर्कको संघीय अदालतले भारतीय अर्बपति तथा विश्वकै सबैभन्दा धनीमध्येका एक गौतम अडानीसहित सात जनालाई अढाई करोड डलरको ठगी र घूसखोरीको आरोप लगाएको छ ।आरोपीहरूमा सागर र विनीत जैन, अदानी ग्रीन एनर्जी लिमिटेडका अधिकारीहरू र गौतम अडानीका भतिजाहरू पनि रहेका छन् ।
संयुक्त राज्य अमेरिकाको अभियोजकको कार्यालयबाट जारी भएको प्रेस विज्ञप्तिअनुसार अडानीले सौर्य ऊर्जाको ठेक्का प्राप्त गर्न भारतीय अधिकारीहरूलाई २ करोड ५० लाख डलरभन्दा धेरै घूस दिने जनाएका थिए । अमेरिकी न्याय विभाग अनुसार, उनीहरुले भारतमा घूस दिएर परियोजना माग गरेको र विदेशी लगानीकर्ता तथा बैंकलाई झुट बोलेको पाइएको छ ।
अडानीले पूर्ण योजना बनाएर अनुसन्धानमा बाधा पुर्याउने प्रयास गरेको पनि आरोपमा उल्लेख छ । परियोजनाबाट २० वर्षमा सबै कर कटाए पनि २ अर्ब डलरभन्दा धेरै नाफा अनुमान गरिएको उल्लेख छ ।