अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३७ | Colorodo: 12:52

शेयर बजारमा ३१ अंकको गिरावट, कारोबार ८ अर्ब

बिआरटीनेपाल २०८१ मंसिर ६ गते ४:५३ मा प्रकाशित

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ ।बुधबार सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक आजको कारोबारमा ३१.३१ अंकले गिरवाट आएको हो ।बिहीबारको कारोबारमा नेप्से परिसूचक ३१.३१ अंकले घटेर २ हजार ६८०.४४ विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ५.५३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अंकले घटेको छ । नेप्से परिसूचक पछिल्लो समय निरन्तर रुपमा उदारचढाव भइरहेको छ ।

बिहीबार कारोबारमा आएका ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार कित्ता शेयर ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबार ७ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको थियो । बुधबारको तुलनामा बिहीबार कारोबार रकममा भने वृद्धि भएको छ ।नेप्से परिसूचका बिहीवार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक २.८६ प्रतिशतले घटेको छ । होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी गिरावट आएको छ ।

बिहीबार नेप्से परिसूचकमा गिरावट आएपनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्री स्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै माहुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ तर यता जानकी फाइनान्सको शेयर मूल्य भने य१० प्रतिशतले गिरावट आएको हो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स कम्पनीको २५ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरिदवबक्री भएको छ ।

प्रतिक्रिया