अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१८ | Colorodo: 13:33

३ महिनामा ४ खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रियो, विदेश जाने घटे

बिआरटीनेपाल २०८१ मंसिर ४ गते ६:२१ मा प्रकाशित

चालू आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा चार खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।नेपाल राष्ट्र बैंकले आज प्रकाशन गरेको रिपोर्टअनुसार तीन महिनामा रेमिट्यान्स साढे ११ प्रतिशतले बढेर चार खर्ब सात अर्ब ३१ करोड रुपैयाँ पुगेको हो ।तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ७० हजार पाँच सय जना रहेको छ । यो अघिल्लो वर्षको तुलनामा झन्डै सात हजार जनाले कम हो ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार तीन महिनामा आयात ४ दशमलव २ प्रतिशत र निर्यात ६ दशमलव १ प्रतिशतले घटेको छ । यस अवधिमा शोधनान्तर स्थिति एक खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा रहेको छ ।यस्तै कुल विदेशी विनिमय सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँ र अमेरिकी डलरमा १६ अर्ब ६० करोड डलर रहेको छ । यस अवधिमा सरकारको खर्च तीन खर्ब २९ अर्ब २० करोड रुपैयाँ र राजस्व परिचालन जम्मा दुई खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन २ दशमलव ६ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू