अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४२
| Colorodo: 13:57
नेकपा ९एमाले०का उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानव अधिकार उल्लंघनका घटनाले आममाफी नपाउने बताउनुभएको छ । दोहोरो भिडन्तबाहेकका अरु खालका हत्या, बलात्कार र दुर्व्यवहार, चरम यातना र बलपूर्वक बेपत्ता पारिएका कुराहरुमा उन्मुक्ति नहुने गरी कानुनी प्रावधानसमेत राखिएको उहाँको दाबी थियो।
मंगलबार काठमाडौँमा आयोजित ‘शान्ति प्रक्रियाः विगत र वर्तमान’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन प्रमुख दलहरु एकठाउँमा उभिएको पनि बताउनुभयो। ज्ञवालीले नेपालको शान्ति प्रक्रिया सफलतापूर्वक अघि बढेको र त्यो छिट्टै टुंगोमा पुग्ने विश्वास व्यक्त गर्नुभयो।