अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१२ | Colorodo: 11:27

एनसेल एनपीएलकाे ‘पावर्ड बाई’ प्रायाेजक, ग्राहकका लागि ‘लाइभ स्क्रिनिङ’ सुविधा

बिआरटीनेपाल २०८१ मंसिर ४ गते ४:५१ मा प्रकाशित

एनसेल पहिलाे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे ‘पावर्ड बाई’ प्रायाेजकका रूपमा आबद्ध भएकाे छ ।एनसेल र नेपाल क्रिकेट सङ्घ (क्यान) बीच साझेदारीको घोषणा भएको छ । यसका लागि गएकाे हप्ता एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र क्यानका सचिव पारस खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । याे सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत कायुमाेभले भन्नुभयाे, ‘यू–१९ महिला क्रिकेट टोली पहिलो पटक आईसीसी टी–२० विश्वकपका लागि छनोट भएको उल्लेखनीय उपलब्धि लगत्तै हामी नेपाल प्रिमियर लिगका लागि क्यानसँग ‘पावर्ड बाई एनसेल’ साझेदारी घोषणा गर्न पाउँदा अत्यन्त खुशी छौँ । यो सहकार्यले वृद्धि विकास, नवप्रवर्तन र उत्कृष्टताप्रतिको आपसी समर्पणको भावना झल्काउँछ र नेपालको क्रिकेट यात्रामा एक महत्त्वपूर्ण उपलब्धि हो ।’यस्तै क्यानका सचिव खड्काले भन्नुभयाे, ‘एनपीएलको लक्ष्य भनेको क्रिकेट र हाम्रा खेलाडीहरूको विकासमा सहयोग गर्नु हो । त्यसैगरी हामी एनपीएललाई विश्वकै प्रतिष्ठित क्रिकेट लिगमध्ये एकको रूपमा स्थापना गर्न पनि चाहन्छौँ र यस दीर्घकालीन लक्ष्य पछ्याउँदै गर्दा खेलकुदको विकास र प्रवर्द्धनलाई निरन्तर समर्थन र साथ दिइरहेको एनसेलसँग यो सहकार्यका गर्न पाएकोमा हामी आभारी छौँ ।’

एनसेलले आफ्ना ग्राहकका लागि लाइभ स्क्रिनिङमार्फत एनपीएलका खेलहरू जहाँ भए पनि हेर्न सकिने सुविधा प्रदान गर्नेछ । यसका साथै एनसेलले खेल मैदानमा विभिन्न गतिविधिहरू आयोजना गर्दै यो प्रतियोगिताभरि ग्राहकका लागि विभिन्न योजनाहरू पनि ल्याउनेछ । क्यानको आयोजनामा आठ वटा टाेली सहभागी हुने एनपीएल यही मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुँदैछ । एनपीएलकाे प्रत्यक्ष प्रसारणका लागि भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू