अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२६ | Colorodo: 15:41

उपनिर्वाचन हुने स्थानीय तहलाई आयोगको आठबुँदे निर्देशन

बिआरटीनेपाल २०८१ मंसिर ३ गते ४:३८ मा प्रकाशित

निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई आठबुँदे निर्देशन दिएको छ । आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले सोमबार एक विज्ञप्तिमार्फत स्थानीय तहलाई निर्देशन दिइएको जानकारी दिनुभयो । आयोगले राजनीतिक दल तथा उमेदवारहरूले कुनै पनि सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग वा अतिक्रमण वा दुरुपयोग वा क्षति पुर्‍याउने गरी कुनै काम गर्नरगराउन नपाउने बताएको छ । स्थानीय तहको स्वामित्व रहेको निकाय, सामुदायिक विद्यालयको जग्गा, भवन, फर्निचर वा परिवहनको साधन अन्य भौतिक साधन प्रयोग गर्न पूर्णरूपमा रोक लगाउन आयोगको निर्देशन छ ।

आयोगबाट लागु भएको आचारसंहिताको पालना गरी उपनिर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित स्थानीय तहहरूले उपभोक्ता समिति गठन, नयाँ योजना सञ्चालन, उद्घाटनलगायत कामहरू नगर्नरनगराउने व्यवस्था मिलाउन भनिएको छ । आचारसंहिताविपरीत कार्य भए कारबाही गरी सोको जानकारी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोगलाई दिन आयोगको निर्देशन छ । मंसिर १६ गते स्थानीय तहका रिक्त ४२ पदमा उपनिर्वाचन हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू