अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२४ | Colorodo: 11:39

भारतद्वारा लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण

बिआरटीनेपाल २०८१ मंसिर २ गते ७:२८ मा प्रकाशित

भारतले लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीटर अर्थात् एक्समा पोस्ट गर्दै लामो दूरीको हाइपरसोनिक मिसाइल परीक्षण सफल भएको जानकारी गराउनुभएको बीबीसी हिन्दीले जनाएको छ । रक्षामन्त्री सीहले यो उपलब्धिका लागि बधाई ज्ञापन गर्नुभएको छ । भारतले ओडिसाको डा. एपीजे अब्दुल कलाम टापुबाट हिजो मिसाइलको सफल परीक्षण गरेको हो ।

भारतीय शसस्त्र बल र रक्षा अनुसन्धान एवम् विकास सङ्गठनले संयुक्त रूपमा मिसाइलको परीक्षण गरेका हुन् । भारतले लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेर ठूलो उपलब्धि हासिल गरेको रक्षा मन्त्री सिंहले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू