अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१८
| Colorodo: 15:33
हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय ५३ विन्दुमा पुगेको छ । बिहान ११ बजेर ३६ मिनेटमा नेप्से दुई हजार सात सय ८७ विन्दुमा पुगेको थियो ।आज बैंक, फाइनान्स, उत्पादन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा होटल, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त र उपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन समृद्धि फाइनान्स र गुराँस लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज तीन सय २६ वटा कम्पनीका दुई करोड ४४ लाख कित्ता शेयर ११ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको ४५ करोड रुपैयाँको शेयर किनबेच भयो ।