अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४१
| Colorodo: 12:56
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पालिकाको उपचुनावमा पार्टीको तर्फबाट उम्मेदवारी मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिने निर्णय गरेको छ ।
यसअघि पार्टी सचिवालयको बैठकले पार्टीको तर्फबाट मनोनयन गरिने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको थियो । अहिलेको अनपेक्षित परिस्थितिलाई मध्यनजर गर्दै उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार पार्टी कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई दिने सर्वसम्मत निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताउनुभयो ।