उत्तर कोरियाले दुई देशका नेताहरूले हस्ताक्षर गरेका रुससँगको पारस्परिक रक्षा सम्झौतालाई अनुमोदन गरेको छ । गएको जुन महिनामा भएको सम्झौतालाई अनुमोदन गर्दै उत्तर कोरियाले सशस्त्र आक्रमणको अवस्थामा एकअर्कालाई थप सहयोग गर्न आह्वानसमेत गरेको छ ।उत्तर कोरियाले सैन्य सहयोग बढाएर युक्रेनविरुद्धको युद्धलाई समर्थन गर्न रुसमा दशाैं हजार सेना पठाएको भन्दै अन्तर्राष्ट्रिय रूपमै आलोचना भइरहेका बेला यो रिपोर्ट आएको उत्तर कोरियाको राष्ट्रिय समाचार संस्थालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले यो सम्झौता अनुमोदन गर्ने आदेशमा हस्ताक्षर गर्दै दुवै पक्षले उपकरणहरू आदानप्रदान गर्दा अनुमोदन लागू हुने बताउनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि सम्झौता हस्ताक्षर गरिसक्नुभएको छ । सम्झौतामा दुवै देशले युद्धको अवस्थामा आफूसँग भएका सबै उपलब्ध साधनहरू प्रयोग गरेर तुरुन्तै एकअर्कालाई सैन्य र अन्य सहायता उपलब्ध गराउनुपर्ने उल्लेख छ ।
उत्तर कोरिया, अमेरिका र युक्रेनले रुसमा १० हजारभन्दा बढी उत्तर कोरियाली सैनिक रहेको बताएका छन्, उनीहरूमध्ये केही युक्रेनको सीमा नजिकै युद्धमा संलग्न रहेका खबरमा उल्लेख छ ।