अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२२ | Colorodo: 15:37

स्वार्थ समूहहरुले मानमर्दन गर्न खोजे, प्रतिवाद गर्छु : पर्यटनमन्त्री पाण्डे

बिआरटीनेपाल २०८१ कार्तिक २७ गते ५:०६ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफूले स्वार्थ समूहहरुसँग कुनैपनि खालको सम्झौता नगर्ने बताउनुभएको छ ।मन्त्री पाण्डेले काम गर्ने क्रममा स्वार्थ समूहका मतियार र विचौलियाहरु बलशाली देखेको उल्लेख गर्दै उनीहरुसँग कुनैपनि सम्झौता नगरी अघि बढ्ने बताउनुभएको हो ।

मन्त्री पाण्डेले स्वार्थ समूहहरुकै कारण आफूमाथि पनि करोडौँ घुस खाएको अफवाह फैल्याउने काम गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । आफूले निष्ठाको राजनीति गरिरहेको र मन्त्रीको रुपमा कौडी पनि दुरुपयोग नगर्ने उहाँको भनाई थियो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफूलाई मानमर्दन गराउने गरी घुस खाएको आरोप लगाउनेहरुसँग प्रतिवाद गर्दै अघि बढ्ने पनि बताउनुभयो ।

त्यस अवसरमा मन्त्री पाण्डेले राजनीतिमा सबै गलत हुन्छन् भन्ने सत्य नभएको पनि दोहोर्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू