अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 18:50

पेजर आक्रमणको जिम्मेवारी इजरायलले लियो

बिआरटीनेपाल २०८१ कार्तिक २६ गते ३:४६ मा प्रकाशित

लेबनानमा पाँच महिनाअघि सञ्चार उपकरण पेजरबाट शृंखलाबद्ध रुपमा भएको बिस्फोटको जिम्मेवारी इजरायलले लिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पेजर बिस्फोट गराउन आफुले आदेश दिएको खुलासा गर्नुभएको छ ।गत जुन महिनामा भएको श्रंखलाबद्ध बिस्फोटबाट ४० जनाको मत्यु भएको थियो । जसमा हिज्बुल्लाहका आठ सदस्य पनि मारिएका थिए । विस्फोटमा इरानी राजदूत मोजतबा अमानीसहित २८ बढी घाइते भएका थिए ।

हिजबुल्लाहका सदस्यहरुले एकआपसमा सन्देश प्रवाह गर्नका लागि प्रयोग गरिने वायरलेस यन्त्र पेजर लेबनानमा अझै पनि प्रयोगमा रहेकै बेला ह्याक गरी बिस्फोट गराइएको हो । लेबनानने यो घटनामा इजरायलको हात रहेको भन्दै जवाफ फर्काउने चेतावनी दिँदा चुप बसेको इजरायलका प्रधानमन्त्री नेतान्याहुले घटनाको पाँच महिनापछि मात्रै जिम्मेवारी लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू