अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३१ | Colorodo: 09:46

कालीकोटमा जीप दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

बिआरटीनेपाल २०८१ कार्तिक २५ गते ५:४१ मा प्रकाशित

कालीकोट जिल्लाको पलाता गाउँपालिकास्थित राडुकाप्रे खोलामा यात्रु बाहक जीप दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा पलाँता–६ की दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, पलाँता–५ की छाया शाही र पलाँता–३ का ६ वर्षीय बालक दमन रोकाया रहेका प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा घाइते भएका १३ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो । आज दिउँसो पलाँता–५ खिनादेखि पलाँता–९ थिर्कुतर्फ गुडिरहेको क १ ज ५६ नम्बरकाे जीप साढे २ बजेतिर पलाँता–३ राडुनेटामा दुर्घटनामा परेको हो । जीप सडकबाट भीरमा खसेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू